टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, ०९ : ११
टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् ।

लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।