काठमाडौँ । जापानको कार निर्माता कम्पनी निसानले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन्। विश्वव्यापी निर्माणसम्बन्धी समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।
जापानी कार निर्माण कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ। विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।
निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले भने-यी परिवर्तनले कम्पनीले आफूलाई खुम्च्याउँदै भन्ने कदापि होइन। निसानले आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउन पुनर्गठन पनि सुरु गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, ११ : ४७
लेखकबाट थप