मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ : वामदेव गौतम

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १४ : ४०
मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । 

राजतन्त्रलाई अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमूल परिवर्तन आवश्यक रहेको सांसद गौतमको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले ३ वटा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिर समेत गरे । 

सांसद गौतमले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टि व्यक्त समेत गरे ।सांसद गौतमले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको बताए । 

प्रतिक्रिया दिनुहोस