काठमाडौँ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थानमाथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ स्थानमा आइपुगेको हो । सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ स्थानमा थियो ।
युएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ ।‘नेपालको मानव विकास सूचकांक मान ०.६०१ छ, जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ र १९३ वटा देश र भूभागहरूमध्ये १४६ औँ स्थानमा रहेको छ । सन् २०२१ मा नेपाल १४९औँ स्थानमा थियो’ प्रतिवेदनमा उल्लेख छ, ‘सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा ०.०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत ०.००४ भन्दा बढी हो ।
मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई जनाउँछ ।युएनडिपीले सन् १९९० देखि २०२२ को बीचमा, नेपालको जन्ममा सरदर आयु १५.७ वर्षले, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्षले परिवर्तन भएको जनाएको छ ।
नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भयो’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, २० : ४५
लेखकबाट थप