चितवन । चितवनमा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा भित्री सडकमा मात्रै १०७ दुर्घटना भएका छन् ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गत साउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिए ।
उनका अनुसार जिल्लाका भित्री सडकमा यसवर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन् । आर्थिक वर्ष २०७८/८९ देखिको तथ्याङ्क हेर्दासमेत भित्री सडक निकै जोखिमपूर्ण हुने गरेको छ । सो समयदेखि हालसम्म भएका एक हजार चार सय ६४ दुर्घटना भएका छन् । जसमा भित्री सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
भित्री सडकमा सात सय ४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परि एक सय ६५ जनाको ज्यान गएको छ । यस्तै एक हजार एकसय २९ जना घाइते भएका छन् । शर्माका अनुसार चालु आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।
यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन् । सहरी सडक खण्डमा भएका १३ वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
यस्तै पृथ्वी राजमार्गमा भएका पाँच वटा दुर्घटनामा नौ जना घाइते भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रमुख शर्माका अनुसार भित्री सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो ।
सडक फराकिलो हुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नु लगायतका कारण दुर्घटना बढी भएको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु