काठमाडौँ । नेकपा माओवादी केन्द्रको कात्तिक २६ गतेसम्ममा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताको समय निर्धारण गरेर केन्द्रबाट पठाएको नीतिअनुसार उम्मेदवार सिफारिस गर्ने निर्देशन दिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
तल्लो कमिटीले सिफारिस गरेको नामलाई केन्द्रले अनुमोदन गर्ने उनले बताए । मुख्यसचिव ढकालले पार्टीको निर्णयअनुसार एक्लै लड्ने गरी चुनाव हुने क्षेत्रमा तयारी गरिरहेको बताए ।
माओवादीले घोषित रुपमा चुनावी गठबन्धन नगरे पनि नेकपा एकीकृत समाजवादी, ‘विप्लव’ नेतृत्वको नेकपासँग आवश्यक ठाउँमा तालमेल गर्ने गरी छलफल चलाइरहेको छ । अध्यक्ष ‘प्रचण्ड’ले पनि यो उपनिर्वाचन मात्रै नभई २०८४ को आमनिर्वाचन पनि माओवादीले एक्लै लड्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीमा आर्थिक पारदर्शीता अभियान शुरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै