काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिवेदन बुझाउँदै छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिबेदन बुझाउन लागेको हो ।
जस अनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् । उक्त प्रतिवेदन गृह मन्त्रालयमा बिभागीय मन्त्रीले बुझ्ने छन् ।
गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरे पछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष
सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन
विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासकसहित तिन जनालाई विभागीय कारबाही गर्न सिफारिस