गठबन्धन परिवर्तन हामी दुई भाइले गरेका हौँ : ओली

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १२ : ४५
गठबन्धन परिवर्तन हामी दुई भाइले गरेका हौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेले देशमा ठुला कामहरू गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभई गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गरेको बताए । उनले भने, ‘नेपाली काँग्रेसले पहिले कसैले नभनिकन समर्थन गरेको थियो । पोहोर समर्थन गर्नहुने अहिले नहुने के भयो रु मान्छे त उही नै हो नि । हामीले सँगै मिलेर ठुला काम गरेका छौँ । राम्रा काम जति सबै आफूले गरेको जस लिन्छ काँग्रेसले । गठबन्धन परिवर्तन गर्न यो देश आयो, त्यो देश आयो भन्छ । हामी दुई भाइलाई जस दिएपनि हुन्छ ।’

धेरै पटक कागज गरेर कागजहरु खोष्टामा परिवर्तन भएको उल्लेख गर्दै ओलीले कागजी सहमतिमा आफूलाई विश्वास नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस