दाङ । रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्।
घोराही-लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।
दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका-१५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए। उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ।
उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा पोखरीमा डुबेको कार सशस्त्रले निकाल्यो
कारले भीडलाई कुल्चिँदा सोलमा कम्तीमा ९ जनाको मृत्यु
कल्भर्टको बाढीले कार बगायो, चालकको मृत्यु
दिल्लीमा चोरी भएको भाजपा अध्यक्ष नड्डाकी श्रीमतीको कार बनारसमा भेटियो
साओमीको पहिलो विद्युतीय कार सार्वजनिक