काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा)को पहिलो बैठक आज बोलाएको हो ।
चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् । नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार बैठक दिउँसो १ बजे टीकापुरमा बोलाइएको जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी
रास्वपा केन्द्रीय समितिको बैठक सुरु
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक