काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।
२१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् । यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
जनतासँग माओवादी तराई-मधेस जागरण अभियान झापाबाट सुरु
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
माओवादीको तराई मधेस जागरण अभियान आजदेखि, यस्तो छ तालिका
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
माओवादीमा आर्थिक पारदर्शीता अभियान शुरु