काठमाडौँ । प्रमुख सत्ता घटक नेकपा एमालेले नयाँ गठबन्धनको समर्थनका लागि अन्य राजनीतिक दललाई अनुरोध गरेको छ । शुक्रबार विहान च्यासलमा बसेको एमाले सचिवालय बैठकले पाँच दलको नयाँ सत्ता समीकरणमा अन्य दललाई पनि समर्थन गर्न आग्रह गरेको हो ।
‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ,’ महासचिव शंकर पोखरेलले भने, ‘प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दल (एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी) मा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।
यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौँ ।
सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको उनको भनाइ थियो । मुलुकको सङ्कटको अवस्थाबाट पार लाउन जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पुर्याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला
नीतिगत रूपमा स्थायित्व सोच्न सक्ने अवस्थामा छैनौँ : शंकर पोखरेल
सरकारले ल्याएको अध्यादेशबारे एमाले संसदीय दलमा छलफल