काँध फेर्ने छुट यो सरकारलाई छैन : महेश बर्तौला

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १२ : २८
काँध फेर्ने छुट यो सरकारलाई छैन : महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारलाई अब काँध फेर्ने छुट नभएको बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा उनले संसदमा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको प्रस्ट पारे ।

‘जनताप्रतिको कर्तव्यमा बदलाव आएको छैन । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ,’ उनले भने ।उनले यो सरकारलाई असफल हुने छुट नरहेको पनि बताए । ‘हिँड्दा हिँड्दै काँध गले पनि काँध फेर्ने छुट यो सरकारलाई छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस