काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भेटवार्ता गरेका छन् । कोटेश्वर निवासमा माधवकुमार नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ताबीच बालुवाटारमा प्रचण्ड-झलनाथबिच भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले नयाँ गठबन्धनमा आएर सरकारमा सहभागी हुन आग्रह गरेको खनालले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै खनालले भने, ‘के-के मा सहमति गरेर जान पर्छ गरौंला । हामी मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’खनालले हिजोमात्र नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए सरकारमा जान सकिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता