काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन्। बुधबार बिहान नेपालको निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्।
देउवा र नेपालको भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको बताए । नेपालसँग छलफल सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरता दिने उनको भनाइ छ । लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक धोका दिएर गठबन्धन भत्काएको देउवा र नेपाल साझा बुझाइ थियो । गत वर्ष पुस १० मा प्रचण्डले एमालेसहितको गठबन्धन बनाउँदा नेपाल कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेका थिए ।
सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण, सभामुख र उपसभामुखको चुनावमा एकीकृत समाजवादीले कांग्रेसलाई साथ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक