मकवानपुर । केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेशमा पनि त्यसको असर परेको छ । बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको छ ।
केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए ।
संसदीय दलका नेता विदेश भ्रमणमा रहेकाले सो विषयमा निर्णय लिन केही दिन ढिला भएको उनको भनाई छ । सरकारको विषयमा पार्टी नेतृत्व र दलका नेता तथा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग सम्वाद पछि राजीनामाको निर्णयमा पुगेको उनले बताए । बुधबार बिहान मात्र मन्त्री चित्रकार र मुख्यमन्त्री जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको थियो ।
सो छलफल पछि हेटौँडामा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भएको उनले बताए । सोही अनुसार प्रदेश राजधानी भन्दा बाहिर रहेका मन्त्रीहरुलाई हेटौँडा आउन निर्देशन दिइएको छ भने सत्ता समीकरण पछि काठमाडौँ पुगेका मन्त्री चित्रकार पनि हेटौँडा फर्किँदै छन् । काठमाडौँ रहेका मुख्यमन्त्री जम्कट्टेल पनि आजै हेटौँडा फर्किने तयारी रहेको छ ।
यता विदेश भ्रमणमा रहेका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा पनि आजै नेपाल फर्किँदै छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनी बिहान ९ बजेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने र त्यहाँबाट सोझै हेटौँडा आएर राजीनामा दिने तयारी रहेको छ । उनीसँगै प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा पनि स्वदेश फिर्ता हुँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई