काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग आज गरेको छलफलमा सो आग्रह गरेको सो पार्टीका सचिव मनिष मिश्रले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको यसलाई नियमित गर्न आग्रह गरेको उनको भनाइ थियो ।
त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । तर, नयाँ गठबन्धन बनाउँदा आफूहरूसँग कुनै सल्लाह नलिएको गुनासो ठाकुरले छलफलका क्रममा गरेका थिए ।
लोसपा स्रोतका अनुसार अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘तपाईहरु सबै कुरा फाइनल गरिसकेपछि अन्त्यमा हामीलाई खोज्नु हुन्छ, अब हामी पार्टीमा छलफल गरेर जानकारी गराउँछौँ ।’हिजो बसेको लोसपाको बैठकले सरकार तथा गठबन्धनको बारेमा निर्णय लिने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री दाहालको सम्पत्तिः चितवनमा १५ कट्ठाको घर-घडेरी, २५ लाख मौज्दात
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डको तयारी
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री
विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री प्रचण्ड