भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १२ : २४
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।प्रचण्डले प्रधानमन्त्री मोदीलाई आफ्नो पहिलो भ्रमण नेपालबाट सुरु गर्न आग्रह गरेका हुन् । सो आग्रहमा प्रधानमन्त्री मोदीले आफूलाई पनि नेपाल जाने इच्छा रहेको बताएका थिए ।

तर, इटालीमा १३ जुनमा हुन गइरहेको जी ७ को बैठकमा जानु परेकाले त्यहाँबाट फर्केपछि नेपाल आउनेबारे सोच्ने प्रतिक्रिया दिएका थिए ।प्रचण्डले सोमबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा पनि यो विषय खुलाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘शपथ ग्रहणपछिको पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुपर्‍यो भनेको छु, उहाँले स्विकार्नु भएको छ । म त पहिला नेपाल जान चाहेको हो तर अहिले जी ७ को बैठक इटालीमा भएको हुनाले १३ जुनमा त्यहाँ जाने र  त्यहाँबाट फर्केपछि आउने सोच्छु भन्नुभएको छ, मलाई लाग्छ उहाँ छिट्टै नेपाल आउनु हुन्छ ।’

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री हुँदा मोदीले आफ्नो विदेश भ्रमण नेपालबाट गरेका थिए । त्यसपछि उनले पटक पटक नेपाल भ्रमण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस