काठमाडौं । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसरी जोगियो शरदसिंह भण्डारीको मन्त्री पद
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सम्भव छ : मन्त्री पाण्डे
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री भट्टराई