जनकपुरधाम। जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ । एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् ।
जनकपुरधाम उपमहानगर कमिटीले तयार गरिएको उक्त माला खासमा अध्यक्ष केपी शर्मा ओलीका लागि थियो । ओली नआएपछि विष्णु पौडेललाई नै लगाइएको हो ।
आज धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो । तर, ओली आउने कार्यक्रम स्थगित भयो र उनको स्थानमा उपाध्यक्ष विष्णु पौडेल आएपछि उनलाई नै सो मालाले स्वागत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको ‘जीडीआई’बाट नेपालले प्रशस्त लाभ लिन सक्छ : विष्णु पौडेल
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
०८४ को निर्वाचनमा यस्तै परिदृश्य दोहोरिने छैनन् : विष्णु पौडेल