काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन् ।
विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोनाको सङ्क्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । “नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी-व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ”, अर्थमन्त्री महतले भने, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । शेयर बजार उकालो लाग्दैछ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।”
देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारका अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जनातर्फ केन्द्रित रहेका अर्थमन्त्रीले बताए । “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको योजना सूची लिएर सुहाङ अर्थ मन्त्रालयमा
माओवादी सम्बद्ध डेढ जर्दन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता
अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख लक्ष्य : अर्थमन्त्री पुन
लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक