काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।काठमाडौँ महानगरपालिका-१३ बाफलपुल नजिक सडकमा बा. प्र ०२-०२८ च ८८०३ नम्बरको कारले ग.१७ प ४५५५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भई काठमाडौँ थानकोट डेरा गरी बस्ने ४९ वर्षीया निर माया तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका-५ देउरालीमा लु.१ ख ६३९० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय दिल बहादुर रखालको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै सुनसरीको बर्जु गाउँपालिका-६ बागेश्वरी मन्दिरस्थित सडकमा को.१० प ८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार देवानगंज गाउँपालिका-७ हाकपारा बस्ने २२ वर्षीय निरज उरावको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुर गोडडाँडास्थित सडकमा कटारीदेखि थलियातर्फ जाँदै गरेको ना.१ ज ८३३३ नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सो बोलेरोमा सवार सोही नगरपालिका-८ थलिया बस्ने ७० वर्षीय वीर बहादुर तामाङ र ३३ वर्षीया कुमारी भन्ने लालकुमारी तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वीर बहादुरको कटारी अस्पतालमा र लालकुमारीको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १० जनामध्ये ३ जनाको नोबेल अस्पतालमा, ४ जनाको न्यूरो अस्पतालमा, १ जनाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारको लागि अन्य अस्पतालतर्फ लगिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कास्कीको पोखरा महानगरपालिका-७ बुलौदीस्थित सडकमा बा.प्र.०२-०३४ प ५६२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कैलाली जानकी गाउँपालिका-३ घर भएका २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका-९ बस्ने ३२ शैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सप्तरीको खडक नगरपालिका-११ बनौलीस्थित सडकमा मधेस प्रदेश ०६-००१ प ०६०५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बोदेबर्साईन नगरपालिका-२ बैरिया बस्ने ३५ वर्षीय राम प्रकाश यादवको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रिन्सी अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ छातापिपरास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-७ पहाडी टोल बस्ने ३२ वर्षीय शेख अफलातुनको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै मकवानपुरको मनहरि गाउँपालिका-९ ज्यामिरेस्थित सडकमा हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ च ७३२७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सिताराम अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता मोरङको सुन्दरहरैँचा नगरपालिका-७ ठडियास्थित सडकमा इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४०३४ नम्बरको बसको ठक्करबाट पैदलयात्री भारत लुवाघाट बस्ने ५२ वर्षीया मिरा कुमारी श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु