काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याणड्सविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। सिरिजको निर्णायक खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।
हिजो नामिबियाविरूद्ध ओपनिङ गरेका अनिल साहलाई आजको खेलमा बेञ्चमा राखिएको छ। उनको स्थानमा कुशल भुर्तेललाई प्लेइङ इलाभेनमा ल्याइएको छ। कुशल भुर्तेललाई नामिबियाविरूद्धको शुक्रबारको खेलमा बेञ्चमा राखिएको थियो।
आजको खेलमा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, आरिफ शेख, सोमपाल कामी, प्रतिशत जिसी, करण केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, ११ : २६
लेखकबाट थप