बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् ।
तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए
प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइ देखी आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । यो भेटपछि प्रचण्डले राप्ती गाउँपालिकाको सभाहलमा आयोजित नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
मधेशका जनताप्रतिको जिम्मेवारी भुलेको छैन: प्रधानमन्त्री प्रचण्ड
सर्लाही जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम?
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि