काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजमा अनियमितताको चर्चा भएपछि संसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ ।
समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
निगमले एयरवस ३३० - २०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद गरेको छ । यो समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।
यी जहाज खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि समितिले खरिदसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्र काटेको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ भदौ २०७५, ०८ : २२
लेखकबाट थप