काठमाडौं । प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले सरकार जवाफदेही नबनेको आरोप लगाउँदै संसद अवरोध गरेपछि सभामुखले फागुन २१ गतेको बैठकमा आज र यसभन्दा अघि बढेको विषयको जवाफ दिन रुलिङ गरेका हुन् ।
बैठकमा एमाले सांसद सूर्य थापाले सभापतिले संसद्मा उठाएका विषयमा जवाफ दिन पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको आरोप लगाए । उनले- ‘सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’ उनले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखिएका मन्त्रीलाई बर्खास्ता गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरे ।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा उठेको बिषयलाई सरकारले जवाफ नदिएकोप्रति आपत्ति जनाए । उनले दुग्ध किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै असन्तुष्टि जनाए। उनले रुसी सेनामा रहेका नेपाली फिर्ता ल्याउन पहल नगरेकोप्रति सरकारप्रति आक्रोश पोखे ।
उनले भने, हामी संसद्मा आवाज उठाएरमात्रै बस्नुको अर्थ के हुन्छ ? जनता आफैं सडकमा आउनुपर्ने ? अनि सरकारको काम के हो ? दलको काम के हो ?’ उनले सरकारको उपस्थिती संसद्मा नभएसम्म चलाउनुको अर्थ नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
संसदमा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको बैठक अघि बढ्यो, छानबिन गरेर विवाद निरुपण गरिने
प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभाको बैठक ढिलो गरी सुरु
प्रधानमन्त्रीका अनुसार यस्ता छन् अध्यादेशले ल्याउने सात उपलब्धि