काठमाडौं। तराई–मधेश क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बिहीवारको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेशका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् । सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चितता गराउन माग गरे । सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गरे ।
सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनःनिर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आइतबार बस्ने राष्ट्रियसभा बैठकका ६ कार्यसूची
आइतबार राष्ट्रियसभा बैठक, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक : ‘छाउपडीप्रथाले महिला असुरक्षित’
राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड
राष्ट्रियसभा बैठक सुचारुका लागि कार्यव्यवस्था बैठक
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित