काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिएका छन् । उनले उक्त ऐनलाई संसद्मा ल्याउने तयारी भइरहेको पनि जानकारी दिएका हुन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा संघीय निजामती ऐन मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिएका हुन् । ‘पछिल्लो मन्त्रिपरिषद् बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याएर संसद्माा दर्ता गर्ने तयारी भइरहेको छ, ’उनले भने ।
संघ, प्रदेश र स्थानीय तहमा प्रशासनिक संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन सरकारले अगाडि बढाउन लागेको हो । प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय तहबीच पछिल्लो समयमा निरन्तर सहकार्य भइरहेको बताएका छन् । उनले तीन तहबीच कार्यक्षेत्र र साझा अधिकारका विषयमा छलफलबाटै अगाडि बढिरहेको बताए । तीन तहबीच अधिकारसूचीको कार्यविस्तृतिकरण गर्न लागिएको दाहालले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी
सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
जसपा फुटाउन मेरो कुनै भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले