काठमाडौँ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ ।
मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे पुनः बैठक बोलाइएको छ ।
आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वयनको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको र बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
मधेशका जनताप्रतिको जिम्मेवारी भुलेको छैन: प्रधानमन्त्री प्रचण्ड
सर्लाही जाँदै प्रधानमन्त्री, के छ कार्यक्रम?
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि