काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले स्मार्ट लाइसेन्सको नाममा भएको चलखेलप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै १ लाख नक्कली लाइसेन्स विभागले बाँडेकोबारे सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेको बताए ।
उनको भनाइ जस्तोको तस्तै
यो स्मार्ट लाइसेन्समा स्मार्ट के छ मैले बुझेको छैन तर १ लाख नक्कली लाइसेन्स विभागले बाडेको छ जसको अनुसन्धान सीआईबी र अख्तियारले गरिरहेको छ ।
मैले सवारी लाइसेन्स प्रिन्ट गर्ने झन्झटबाट सरकार मुक्त होस् भनेर सदनमा पटक पटक भन्दै आएको छु। तर यसलाई कमाऊने धन्दा बनाएकाले किन सुन्थे जनतालाई स्मार्टको नाममा मूर्ख बनाउन पाएकै छ ।
१२ लाख कार्ड आपूर्तिका लागि जर्मन कम्पनीसँग करिब २० करोड रुपैयाँमा सम्झौतामा भएकोमा १ वर्ष पछि मात्र ६ लाख कार्ड आयो, त्यो पनि स्पेसिफिकेसन विपरीत भएकोले प्रिन्ट गर्न नमिल्ने भनेर कार्ड छाप्न सम्झौता गरेको मद्रास सेक्युरीटीजले भनेछ। चिप हालेर छाप्न मिल्ने बनाउँने नै भए ४० हजÞार डलर थपनू परने कुरा आएको छ ।
स्मार्ट लाइसेन्सका नाममा कार्ड एउटा देशबाट ल्याउने, छाप्न अर्को देश पठाउने, यो कस्तो खेल हुँदैछ? खेल भित्र पनि छाप्न नमिल्ने चिप हालेर कार्ड ल्याउने यो कस्को स्मार्ट चलखेल ?
जनताले कहिलेसम्म स्मार्ट लाइसेन्सका नाममा दुख पाईराख्न पर्ने हो ? लाइसेन्स छाप्न नमिल्ने चिप वाला कार्ड भित्र्याउने अनि लाइसेन्स वितरणमा तिव्रता आउँछ भनेर सस्तो भाषण दिन चाहिँ हतार गर्ने ?
सरकार स्मार्ट लाइसेन्स चाइएन जनता आफैं स्मार्ट छन् सब बुझेका छन् छपाई पछाडिको पैसाको खेल बरू खुरुखुरु नेपालमा प्रिन्ट गरेर भएनि लाइसेन्स प्राप्तिको लागि हुने सबैको समयको बर्बादी रोकौँ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
विदेश पलायन भएका खेलाडी फर्काउने तयारी के हुँदै छ : अशिम शाह