काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।
यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो । यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १३ : ३८
लेखकबाट थप