यूरोपेली मुलुक स्पेनमा नेपाली दूतावास स्थापना भएको सात महिना वितिसकेको छ, तर दूतावासको अवस्था भने लथालिङ छ । मुख्य कार्यालय (चान्सरी) भवन र राजदूत निवास एकै ठाउँमा हुँदा दूतावासको काम कार्वाही अस्तव्यस्त बनेको हो ।
परराष्ट्र मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले चान्सरी भवन र राजदूत निवासका लागि ९ हजार युरो पठाएको भएपनि कार्यालय राजदूत निवासमै खुम्चिएको छ । सो मुलुकका राजदूत भरत रायमाझीले निवासका लागि ५ हजार र चान्सरी भवनका लागि ४ हजार ५ सय यूरो माग गरेपनि कार्यालय भन्दा निवासको भाडा बढी नहुने अर्थ मन्त्रालयले अडान लिएको थियो ।
राजदूत निवासको भान्साको गन्ध (खार)ले कार्यालयको वातावरण प्रत्यक्ष प्रभावित बन्ने गरेको आगन्तुक कक्षमा पर्याप्त कुर्चि सेवा प्रवाहका पूर्वाधार नभएको गुनासो बढ्न थालेको परराष्ट्रले जनाएको छ ।
यससँगै म्याड्रिड दूतावासले कार्यालय प्रयोजनका लागि खरिद गरिएका सवारी बिमा नगरी चलाएको चर्चा चुलिन थालेपछि सवारी विगत एक महिनादेखि त्यसै थन्किएको म्याड्रिड निवासी शिवराज सिग्देलले बताउनुभयो । दूतावासले बिमा नगरी सिडि १०३००२ नम्बरको किया कम्पनीको गाडी खरिद गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ भदौ २०७५, ०८ : ३८
लेखकबाट थप