काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ। यसैगरी सभामुख घिमिरेले सांसद प्रेम सुवालले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नाश्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव र बैंकिङ कसुर तथा सजाय तेस्रो संशोधन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेन
‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर
गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?
भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप