मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगति टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन्।बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योति अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए ।
ज्योतिका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरू सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङ्गाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शी बताएका छन् । ज्योति अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगति टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो । अहिलेसम्म लहरीले थिचेर मृत्यु भएको बालबालिकाहरूको शव निकाल्न प्रहरीले सकेको छैन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए । ‘अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु