दमौलीमा एक युवाको शव शव फेला

मंगलबार, ११ पुस २०७४, १२ : २२
दमौलीमा एक युवाको शव  शव फेला

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार नजिक व्यास २ बाघबजारस्थित बाराही कलेज पछाडी रहेको बुल्दी खोला किनार नजिक एक युवाको शव भेटिएको छ ।

गोरखा पालुङटार नगरपालिका वडा नम्बर १, च्याङ्लि घर भइ हाल व्यास नगरपालिका वडा नम्बर ४ बस्दै आएका अन्दाजी २५/२६ वर्षका ओम विकको शव भेटिएको हो ।
हत्याको आशंका गरिएको युवाको टाउको र आँखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
उक्त शव दमौली पोस्टमार्टमका लागि दमौली अस्पताल लगिएको छ । मिस्त्री काम गर्दै दमौलीमा बसेका विकको टाउँको र आँखामा ढुङ्गाप्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस