काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दुध किसान, मह किसानहरु मारमा परेका भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले किसानहरुले बाटोमा दुध पोख्नुपर्ने अवस्थामा रहँदा विदेशबाट आयतित पाउडर दुधले बजार पाएको भन्दै सरकारको ध्यानाकार्षण गराएका हुन् । सरकारले किसानहरुको समस्यालाई नजर अन्दाज गरे उनीहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्ने लामिछानेको चेतावनी छ ।
साथै, भूमिहीन सुकुमवासीहरुलाई भूमि दिइन्छ भनेर चुनावी फण्डामात्रै नबनाएर भूमि आयोगले यसलाई विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । सांसद लामिछानेले अहिले २३ दिन हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका बताउँदै उनीसँग वार्ताको ढोका खुला गर्न सरकारलाई आग्रह गरे । ‘मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएका छन् । सिंहदरबारले वार्ताका लागि ढोका खोलोस्, ढोका नथुनोस्,’– उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने