काठमाडौ । अभिनेत्री मनीषा कोइरालाले तीन दशक भन्दा बढी समयको करियरपछि अहिले आफूले आफूलाई समय दिइरहेको बताएकी छन् ।
उनले इन्स्टाग्राम एकाउण्टमा कैयौं फोटो शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी हुन् ।‘धेरै मानिसहरु मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरुले अब धेरै बढी काम गर्न सकिँदैन भनेर सोधे जस्तो लाग्छ’, उनले भनेकी छन् ।
उनले आफूले जीवनमा फरक–फरक वस्तुका स्वाद चाखिरहेको उल्लेख गर्दै आफूलाई मनपरेको कुरा आफूले गरिरहेको उल्लेख गरेकी छन् । ‘कहिले कहिले केही गर्दिन् । आफ्ना कुकुर र बिरालाका साथ समय बिताउनुका अलावा किताब पढ्ने, संगीत सुन्ने र आध्यात्मिकतालाई समय दिएकी छु । जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु’, उनले भनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’ : मनिषा कोइराला
वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुग्यो : मनिषा कोइराला