काठमाडौं । भ्रष्टाचार र सत्ता दुरुपयोगमा दोषी ठहरिएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा भएका छन् । ७४ वर्षीय सिनावात्रा रिहा भएपछि बैंककस्थित आफ्नो घर पुगेको बीबीसीले जनाएको छ ।
उनी गत वर्ष अगष्टमा १५ वर्षको निर्वासनबाट थाइल्याण्ड फर्किएका थिए । लगत्तै उनलाई हिरासतमा राखिएको थियो । अदालतले उनलाई आठ वर्षको जेल सजायँ सुनाए पनि त्यहाँका राजाले त्यसलाई घटाएर एक वर्ष कायम गरिदिएका थिए ।
जेल सजायँ सुनाइए पनि स्वास्थ्य समस्याका कारण उनी एक दिन पनि जेलमा थुनिनु परेन । उनी अस्पतालमा भर्ना थिए । त्यहीँबाट उनी पेरोलमा रिहा भएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ फागुन २०८०, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता
थाइल्याण्डको तल्लो सदनबाट समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन पारित