काठमाडौ । आठ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुुल्कबापत ४० अर्ब रुपियाँ सङ्कलन भएको छ ।
नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको हो । यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो ।
सरकारले सडक मर्मत दस्तुुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै सडक मर्मत दस्तुुर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, कति बढ्यो ?
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले वृद्धि