काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो ।
शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको जारी कर्फ्यु आदेशमा जनाइएको छ ।
इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।
हेर्नुहोस् सूचना
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा उपनिर्वाचन : ३ वडामा सवारी साधन र आवागमनमा रोक
विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन
रौतहटमा विपद्को घटना: १ वर्षमा ३८ को मृत्यु, १ बेपत्ता
रौतहटको धनसर–जंगलसैया–कटहरिया सडक कालोपत्रे
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता