मकवानपुर । वाग्मती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।
केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा भुराहरु उपलब्ध गराएको केन्द्रका सूचना अधिकारी लराम आचार्यले जानकारी दिए ।
उक्त केन्द्रमा हाल ४२ वटा पोखरीमध्ये ३३ वटामा माछापालन भइरहेको केन्द्रका प्रमुख सरोजकुमार यादवले बताए । उनका अनुसार यस अवधिमा केन्द्रबाट भूराबाहेक हाल १८ मेट्रिक टन माछा उत्पादनको लक्ष्य लिइएको छ । हालसम्म तीन मेट्रिक टन माछा बिक्रीवितरण भइसकेको छ ।
विसं २०२४ मा हेटौँडा–५ पिप्लेमा वृहत्त मत्स्य विकास केन्द्रको स्थापना भइ २०२५ सालदेखि माछापालन सुरु गरिएको थियो । सो केन्द्र हेटौँडा बजारबाट पाँच किलोमिटर पूर्वमा पर्छ । हाल केन्द्रमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
माछाका भुराको माग उच्च
विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु
मोरङका खोलामा भेटियो अमेजन नदीमा पाइने माछा
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा