काठमाडौ । चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपियाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।
घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ फागुन २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संशोधित राजश्व लक्ष्य भेट्टाउन दैनिक ६ अर्ब उठानुपर्ने