काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रिय सभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए । ‘सरकारले नै विधेयक ल्याउन सकेन’, उनले भने । राष्ट्रिय सभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
उनले भने, ‘राष्ट्रिय सभामा आएका विधेयक सम्पूर्ण ढङ्गले समयमा नै पास गरेर पठाएका छौँ ।’ सरकारले कानुन बनाउने कुरालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट