चितवन । भरतपुर महानगरपालिकाले महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । महानगरले मंगलबार एक सूचना सार्वजनिक गरी भरतपुर भ्रमण वर्षको प्रवद्र्धनको लागि सात दिनभित्र गीत पेस गर्न आव्हान गरेको हो ।
सूचनामा ५० देखि ८० शब्दसम्म हनुपर्ने गीतमा भरतपुर महानगरको विकास, समृद्धि, गरिमा, भूगोल, पेसा व्यवसाय, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महिमा झल्किएको हुनुपर्ने जनाइएको छ । प्राप्त उत्कृष्ट गीतलाई ३० हजार रुपैयाँ पुरस्कृत गर्दै संगीतबद्ध गरेर प्रकाशन तथा प्रसारण गर्ने महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका