अमेरिकाले राष्ट्रसंघबाटै सहयोग कटौती गर्न थाल्यो

एजेन्सी

मंगलबार, ११ पुस २०७४, १० : ३३
अमेरिकाले राष्ट्रसंघबाटै सहयोग कटौती गर्न थाल्यो

जेरुसेलम विवादमा एक्लिएको अमेरिकाले राष्ट्रसंघलाई दिँदै आएको बजेट कटौतीको घोषणा गरेको छ । जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयविरुद्ध आएको एउटा प्रस्तावमा राष्ट्रसंघमा मतदान भएको थियो, जसमा अमेरिका एक्लियो ।

राष्ट्रसंघमा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावको पक्षमा मतदान गरे सहयोग रोक्ने चेतावनी दिएका थिए ।
राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हेलीले राष्ट्रसंघलाई दिइने सन् २०१८-१९ को बजेटमा २८५ मिलियन डलर कटौती गर्ने जानकारी दिएकी छन् । साथै राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा पनि कटौती हुने उनले बताइन् ।

‘राष्ट्रसंघले चाहिएभन्दा बढी खर्च गर्ने गरेको सर्वविदितै छ । र अमेरिकी जनताको सदासयताको फाइदा उठाउन हामी दिँदैनौं,’ अमेरिकी प्रतिनिधि हेलीले भनेकी छन् ।
यद्यपि अमेरिकाले राष्ट्रसंघलाई दिने कुल बजेटबारे केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस