काठमाडौं। नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् । उनको कार्यकाल दुई वर्षको हुनेछ ।
बैंक वित्तीय संस्थामा दुई दशकभन्दा लामो समय काम गरेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् । साथै उनले एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गरेका छन् ।
पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमासमेत काम गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १३ : १७
लेखकबाट थप