काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत् सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन् ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए।
प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिए ।
'चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,' प्रधानमन्त्री प्रचण्डले भने, 'यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री दाहालको सम्पत्तिः चितवनमा १५ कट्ठाको घर-घडेरी, २५ लाख मौज्दात
सत्तारुढ दलको बैठक बोलाउने प्रधानमन्त्री प्रचण्डको तयारी
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री
विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री प्रचण्ड