मैतीदेवीमा बस पल्टियो, १७ घाइते, चार जनाको अवस्था गम्भीर

मंगलबार, ११ पुस २०७४, १० : २५
मैतीदेवीमा बस पल्टियो, १७ घाइते, चार जनाको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई नर्भिक र ट्रमा सेन्टर पठाइएको छ ।
सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलको पोलमा ठोक्किएर सडकमै पल्टिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै रहेको बिजुलीको जोर खम्बामा ठोक्किएको थियो ।
बाटो फराकिलो पारे पनि बिजुलीका पोल भने नसारिँदा जोखिम बढाएको छ ।

प्रतिक्रिया दिनुहोस