काठमाडौं । तीर्थाटनका लागि भदौ १५ मा काठमाडौं हुँदै ल्हासा पुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक सातापछि आइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका छन् । उनी आइतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल आइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो ।
दुई जना बेलायती पासपोर्टधारी भारतीय मूलका साथीसहित गान्धी दिल्ली फर्केका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ भदौ २०७५, ०७ : ५९
लेखकबाट थप