इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता

पत्रपत्रिकाबाट

सोमबार, २५ भदौ २०७५, ०७ : ४५
इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दर्ता

सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो ।

सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ । संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले वताउनुभयो ।

संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा गत ०७५ साउन २३ गते सर्वोच्चमा दर्ता भएको हो । मुद्दाको पक्षमा १० जना भन्दा बढी वकीलहरुले बहस गर्नुहुनेछ ।

इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी वनाएर मुद्दा दायर भएको अधिवक्ता रेग्मीले दाबी गर्नुभएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमाा छ ।

प्रतिक्रिया दिनुहोस